राजावादी शक्तिको षड्यन्त्र जनताले परास्त गरे : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा तामाङ मुक्ति मोर्चाको बागमती प्रदेश अधिवेशनमा बोल्दै उनले माओवादी केन्द्रको जनप्रदर्शनले राजावादी प्रयासमा ठुलो धक्का पुर्‍याएको दाबी गरे ।

उनले आन्दोलन स्थगन गरी काठमाडौं फर्किएर जनसहभागितासहित ‘राजावादी वितण्डा’लाई जवाफ दिएको उल्लेख गरे ।

प्रचण्डले यथास्थितिवादी र प्रतिगामी शक्तिहरू अझै सक्रिय रहेको भन्दै संसद्, सडक र जनसमुदायबाट माओवादी केन्द्रले सतर्कता अपनाइरहेको बताए ।