टोखामा गोली चल्यो, दुई जना घाइते

काठमाडौं । काठमाडौं टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । आज मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगरका कारोबारीमाथि गोली चलाएको हो ।

ब्युरोका प्रवक्ता एवं एसपी जनकबहादुर शाहीका अनुसार, गोली चलाउँदा दुई जना घाइते भएका छन् ।