ललितपुर – ललितपुरमा मनाइने नृसिंह जात्रा अर्थात उपाकलं सायाको लागि थकालीहरूलाई निमन्त्रणा दिने काम सम्पन्न भएको छ।
जनैपूर्णिमाको चार दिन अगाडि श्री उपाकर्म गुठीका थकाली न्वकु अग्निहोत्री ( श्री अग्निशालाका मुल पुजारी ) र उपाध्याय ( श्री तलेजु भवानीका मुल पुजारी ) लाई निमन्त्रणा ( स्वां त: वनेगु ) दिने चलन अनुसार यस यस वर्षको गुठी पालोवाला मधुर शर्मा राजोपाध्यायले फूल चढाई श्रावणी कर्म र श्री नृसिंह जात्राको लागि निमन्त्रणा दिने काम बुधबार सम्पन्न भएको हो। परम्परा अनुसार स्वां त: वनेगु भनेर फूल, जनै, सुपारी, दक्षिणा, फूलमाला र फलफूल दिने गरिन्छ।
गुठीका थकाली एवं अग्निहोत्री विप्रवर विष्णुमोहनधर राजोपाध्याय (वंला महाद्योननी), सह – ज्येष्ठ न्वकु विप्रवर ऐक्यानन्द राजोपाध्याय (गाबहाल) र उपाध्याय विप्रवर भाष्करानन्द राजोपाध्याय (तलेजु भवानीको प्राङ्गण) मा फूल चढाएर निमन्त्रणा दिने कार्य भएको हो। यसरी निमन्त्रणा दिन जाने क्रममा दमों खिं बाजाको पनि सहभागिता थियो।
यसवर्षको नृसिंह जात्रा श्रावण २९ गते हुँदैछ।


