विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाद्वारा आइसल्यान्ड पराजित, मेसीद्वारा गोल

काठमाण्डौ – फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई हराएको छ ।

अमेरिकाको जोर्डन–हेयर रङ्गशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्यान्डलाई ३ गोलले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्माडाले समान एक/एक गोल गरे ।

खेलको सातौँ मिनेटमै बार्कोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । अर्जेन्टिनाका लागि ७२औँ मिनेटमा मेसी र ८६ औँ मिनेटमा अल्माडाले गोल गरेका थिए । विश्वकप भोलि रातिदेखि शुरु हुँदैछ ।

अर्जेन्टिनाले असार ३ गते अल्जेरियासँग खेल्दै विश्वकपको शुरुआत गर्नेछ । समूह ‘जे’ मा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

अर्जेन्टिना विश्वकपको साबिक उपाधि विजेता टोली हो । आइसल्यान्ड यो विश्वकपमा छनोट भएको छैन ।