रातो मच्छिन्द्रनाथको रथ थपाहितिमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो सुन्धाराबाट लगनखेलतर्फ लैजानको लागि रथ तानिएकोमा थपाहितिसम्म मात्र पुरयाउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ।

हिजो रथ तान्ने क्रममा आफ्नो घरमा सामान्य क्षति भएको थपाहितिका स्थानीय पूर्णमान शाक्यले बताउनु भयो।


यसवर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो। जात्राको पहिलो दिन नै रथमा समस्या देखिएको हो । आज पनि मर्मत गरेर रथ तान्नको लागि तयारी भएको छ।

लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ ।