ललितपुर – रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आज हुँदैछ । रथबाट नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार , गुथि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आजको साइत निकालेकोले आज कुलदेवीको पुजा गरिने रथ निर्माणमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।
कुलदेवी पुजा ४ दिनसम्म गरिन्छ । मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पुजा गरिन्छ ।
आज नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेरिनेछ । हरेक वर्ष कुलदेवीको पुजाको दिन रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेरिनेछ ।
रथ जावलाखेलमा पुर्याएको चार दिनमा भोटो देखाइनेछ । भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
