जेठ ८ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेलतिर तानिने, ११ गते भोटोजात्रा हुने प्रवल सम्भावना


ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि आज विहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेको हो ।

यदि जेठ ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा ११ गते भोटो देखाइनेछ ।

भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

यसै विच रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा हुँदैछ। कुलदेवीको पुजा गरिने दिनमा नै रथबाट लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेर्ने परम्परा अनुसार आज विहान मंगलबजारको सोर्हखुट्टे पाटीमा साइत हेरेको हो।