नेपाल भाषाको “साप बांला 2”को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं –गायक सलिल सुन्दर तुलाधरको नेपाल भाषाको “साप बांला 2” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक तुलाधरको  संगीत र शब्द भएको साप बांला 2” को म्यूजिक भिडियो बैशख २९ गते सार्वजनिक भएको हो ।

यस गीतको संगीत संयोजन अन्जन श्रेष्ठले गरेका छन् । सुरेन्द्र मानन्धरद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन बाल कुमार तामांगले गरेका छन् । यस म्युजिक भिडियोमा कलाकार मानिसका तुलाधर, थिरिन्ले गुरुङ र स्म्रिक श्रेष्ठको बेजोड अभिनय छ।

गायक तुलाधरको यस अघि गाएको साप बांलाले निकै चर्चा पाउन सफल भएको थियो भने तुलाधरले नेपाली संगीत क्षेत्रमा ड्याम ड्याम जस्ता लोकप्रिय गीत गाइसकेका छन् । त्यस्तै नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा पिन स्वर दिइसकेका छन् ।