काठमाण्डौ – आज सुनको भाउ बढेको छ ।
सुनको भाउ आज मंगलबार तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुन तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलाको २ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको भाउ घटेको छ ।
हिजो तोलाको ३ हजार ७२० रुपैयाँमा करोबार भएको चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर तोलाको ३ हजार ६७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
