राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि हिजाे उहाँलाई बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएकाे थियाे ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

यसअघि फोक्सोमा समस्या देखिएपछि गएकाे वैशाख ६ गते राष्ट्रपति पाैडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस ‘एम्स’ मा लगिएकाे थियाे ।उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो ।