विश्व रक्तदाता दिवसकाे उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम

विश्व रक्तदाता दिवस जून १४ काे उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिकाे बिशेष आयाेजना र नेवा: देय् दबू महालक्ष्मी कचा:काे सह-आयाेजनामा भएको थियो।

कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा ललितपुर क्षेत्र नम्बर ३ का पूर्व सांसद मदन बहादुर अमात्य र बिशेष अतिथिमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य , महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धर्म महर्जन र केन्द्रीय रक्त सञ्चार सेवाका पूर्व निर्देशक डा.मनिता राजकर्णिकारको उपस्थिति थियो।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई “रक्तदाता सम्राट”काे उपाधिबाट बिभूषित गर्दै ५ फिट ९ इन्चकाे उचाई रहेकाे कलात्मक बिभूषण-पत्र प्रमुख अतिथिद्वारा प्रदान गर्दै सम्मान गरिएको थियोे ।

साेहि कार्यक्रममा नयाँ रक्तदान जागरण गीतकाे पनि लाेकार्पण गरिएको थियो । जसकाे बाेल “उठाैं साथी जुटाैं जुटाैं रक्तदान गर्न जुटाैं” रहेको छ। उक्त गीतलाई विभिन्न जिल्लाहरू आजकाे पुनीत दिनमा चाैतर्फि लाेकार्पण गरिएको थियोे ।