काठमाण्डाै – बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाएको छ । साउन शुक्ल प्रतिप्रदादेखि मनाउदै आएको गुंला पर्व अन्तर्गत प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । आजका दिन काठमाण्डाै, भक्तपुर, साँखु, बनेपा, नुवाकोट लगायतको ठाँउमा पञ्चदान पर्व मनाउने गरिन्छ। ललितपुरमा भने भाद्रशुक्ल अष्टमीका दिन अर्थात २१ दिन अघि नै मनाउने गरिन्छ। तर ललितपुरको पुल्चोक क्षेत्रमा भने आज नै पञ्चदान पर्व मनाउने गरिन्छ।
आजका दिन बौद्धमार्गी नेवार समुदायले चामल, गहुँ, नुन केराउ, खीर, फलफुल आदि दान गरी पञ्चदान गर्ने प्रचलन छ । पञ्चदानका दिन विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र परम्परागत विहारका भिक्षु शाक्य वज्राचार्यहरुलाई सम्मानका साथ स्वागत सत्कार गरी दान गर्ने गरिन्छ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।
