ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । हिजो नर्भिक अस्पतालमा व्यञ्जनकारको ८३ वर्षको उमेरमा निधन भएको हो ।
व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गएको स्थानीय चुनावमा भने उहाँ नेपाली कांग्रेसबाट उम्मेदवार उठेका भतिज रविनमान व्यञ्जनकारसँग पराजित हुनुभएको थियो ।
व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालदेखि सुरू भएको थियो । त्यतिबेला उहाँले कांग्रेसबाट उठेका आफ्नै भाइ कर्मलाललाई हराउनुभएको थियो । उहाँले स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जित्नुभएको थियो ।
