राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते

काठमाडौं – राष्ट्रियसभा अध्यक्षको निर्वाचन पर्सी मंगल्ब्ँर फागुन २९ गते हुने भएको छ। राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको जानकारी दिनु भयो ।

आज बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराउनु भएको हो । उपाध्यक्ष अर्यालले सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिनु भयो ।

भोलि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।