स्कुलबस दुर्घटनामा तीन जनाको मृत्यु, ४० घाइते (नामावलीसहित)

काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४० जना विद्यार्थी घाइते भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई…

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको हो…

माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन

काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि व्रत समापन गरिएको हाे।…

शोभायात्रा गरी बुद्धको आयुसंस्कार परित्याग दिवस मनाइयो

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म,सम्बोधिलाभ तथा महापरिनिर्वाण दिवसको त्रिसंयोग परेको दिन वैशाख पूर्णिमालाई विश्वका समस्त बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीको रूपमा विश्वभर मनाइन्छ । यसरी नै बुद्धको जीवनमा महत्वपूर्ण संयोग परेको दिन माघ शुक्लपूर्णिमा (सिल्लापुन्हि) पनि हो । यस दिन भगवान्…

तोलामै घट्यो दुई हजार सात सय सुनको मूल्यमा

काठमाडौँ, ३० माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो। मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख…

वल्फग्यांग कोर्नको ५० वर्ष अघिको नेपाल सम्वन्धि पुस्तक सार्वजनिक हुँदै

जर्मन आर्किटेक्ट वल्फग्यांग कोर्नले ५० वर्ष अघि आफ्नो नेपाल बसाई र भोगाई सम्बन्धि आत्मवृतान्त पुस्तक तयार परेका छन् । ‘गाइडेड बाइ गड्स, लस्ट इन लाइन्स’ नामक दिइएको उक्त पुस्तक ‘बाखं न्यने वा’ ले शनिबार काठमाडौंको येत्खा बहालमा एक कार्यक्रमको आयोजना…

गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध

रसुवा। रसुवाको गोसाइँकुण्ड लगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ । पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्ने क्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको गोसाईंकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु…

१२ वर्षपछि पलुकिसी जात्रा

मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा राति सम्पन्न भएको छ । हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको…

६ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब २४ करोडको कारोबार

काठमाडौं । अघिल्ला पाँच दिनसम्म लगातार कारोबार रकम झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ…

भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)ले सरकारले ल्याएका छ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको जसपा संसदीय दलको बैठकले अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा…