रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन हुने निश्चित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। पार्टीमा प्रवेश गर्दा नै भावी प्रधानमन्त्रीको रूपमा हेरिएका शाहलाई निर्विरोध नेता छान्न लागिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले स्पष्ट पार्नुभयो। उहाँका अनुसार पार्टीभित्र…

बिदाइ अघि देश दौडाहमा प्रधानमन्त्री सुशिला कार्की: रारादेखि जनकपुरसम्मको यात्रा

निर्वाचन सम्पन्न गराई आफ्नो जिम्मेवारी पूरा गरेर बिदा हुने तयारीमा रहनुभएकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीको सक्रियता यतिबेला निकै बढेको छ। बिहीबार मुगुको रारा तालको मनोरम दृश्य अवलोकन गरेर फर्कनुभएकी कार्की शुक्रबार भने मधेसको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा झुल्किनुभयो।…

तीनधाराबाट सुरु भयो रथ निर्माण: सेतो मच्छिन्द्रनाथ जात्राको रौनक बढ्दै

काठमाडौँ — वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य सुरु भएको छ। सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिका अनुसार यस वर्ष चैत १२ गते पर्ने जात्रालाई लक्षित गर्दै तृतीयादेखि नै रथ बनाउन थालिएको हो।…

वरिष्ठ पत्रकार सुरेश मानन्धरको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना हुने

काठमाडौं — नेपालभाषा क्षेत्रका वरिष्ठ पत्रकार, कवि तथा नेपालभाषा आन्दोलनका चिन्तक सुरेश मानन्धरको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ। नेपालभाषा टाइम्सका प्रधान सम्पादक समेत रहेका मानन्धरको योगदानको कदर गर्दै उक्त कार्यक्रम गर्न लागिएको हो। नेपालभाषा आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह…

विद्यार्थीको आँखा स्वास्थ्य जोगाउन महानगर र नेपाल आँखा अस्पतालको सहकार्य

काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच विद्यालय उमेरका बालबालिकाको आँखा स्वास्थ्य सुधारका लागि एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थितिमा भएको उक्त समझदारी पत्रमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. र…

काठमाडौं महानगर र प्रसूति गृहबीच फोहर व्यवस्थापनमा सहकार्य: दुई करोडको सहयोग सुनिश्चित

काठमाडौं महानगरपालिकाले अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई रु दुई करोड आर्थिक अनुदान दिने निर्णय गरेको छ। बिहीबार भएको औपचारिक सम्झौतासँगै अब अस्पताल परिसरमा आधुनिक फोहर व्यवस्थापन प्लान्ट निर्माण हुने मार्ग प्रशस्त भएको छ।…

आज पनि घट्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र…

कार्यवाहक प्रमुख डंगोल भन्छिन्– बर्खा अघि कुमारी घरको छानो मर्मत सक्नुपर्छ

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बर्खा सुरु हुनु अघि बसन्तपुरस्थित कुमारी घर (कुमारी वहाल) को छानो जीर्णोद्धार सम्पन्न गर्न निर्देशन दिनुभएको छ। अनुगमनका क्रममा उहाँले धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिमा असर नपर्ने गरी समयमै काम सक्न निर्माण पक्षलाई आग्रह…

नरदेवीमा न्यतभुलु अजिमा गण नृत्य भव्य, हजारौं भक्तजनको सहभागिता

काठमाडौं उपत्यकामा परम्परागत रूपमा सञ्चालन हुँदै आएका देव नृत्यमध्ये नरदेवी टोलको न्यतभुलु अजिमा गण नृत्य यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष पाहां चःह्रे पर्वको अवसरमा चिल्लागाः (चैत्रकृष्ण) त्रयोदशी र चतुर्दशीका दिन मञ्चन गरिने उक्त नृत्य यस…

शेयर बजार ६४ अङ्कले बढ्यो, २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ६७ अङ्कले बढेर २ हजार ८७७ दशमलव ०२ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक…