काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महिला उपाध्यक्षमा बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राई विजयी हुनुभएको छ। उहाँ १९४७ मतसहित महिला उपाध्यक्षमा विजयी हुनुभएको हो।
उहाँका प्रतिस्पर्धी यास्मिन बेगम शायदले १९१४ मत ल्याउनु भएको थियो। महिला उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको थियो।
एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल प्रधानले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरिसक्नुभएको छ ।
एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा भएको थियो ।
