एनआरएनएको अध्यक्षमा बद्री केसी, अन्य पदमा काे-काे ?

काठमाण्डाै – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित हुनुभएको छ । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

निर्वाचनमा केसीले एक हजार ३७८ मत पाउनु भएको थियो भने उहाँका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ र महेशकुमार श्रेष्ठले एक हजार २२५ मत पाउनु भयो।

एनआरएनएकाे ११ औँ विश्व सम्मेलनमा नेतृत्वका लागि केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा हुनुहुन्थ्यो। अध्यक्ष पदका लागि रविना थापाले समेत उम्मेदवारी दिनुभएता पनि उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गर्नु भएको थियो।

अन्य पदमा काे-काे ?

सम्मेलनबाट उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा.हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित हुनुभएको छ। यस्तै, युवा उपाध्यक्षमा रोशन थापा, महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित हुनुभयो।

एनआरएनएकाे महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी हुनुभएको छ। ६ सचिव पदमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी हुनुभयो।

महिला सचिवमा टिक गुरुङ, राधिका, कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत र तिलक प्रसाद गैरे विजयी हुनुभयो। यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान विजयी र युवा संयोजकमा सुपेन्द्र घिसिङ विजयी हुनुभएको छ।