काठमाण्डौं – विश्वभर रहेका नेवार समुदायलाई एकत्रित गर्ने उद्धेश्यले स्थापना भएको वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको उपलक्ष्यमा डब्ल्यूएनओको भविष्य र विश्वभर रहेका संघसस्थाको अबको भूमिका नामक अन्तरक्रिया कार्यक्रम गर्दै डब्ल्यूएनओले विगतमा गरेका कामको समिक्षा गर्दै भविष्यका योजनाहरू अघि सारेको छ।
जुममार्फत हिजो बुधबार भएको उक्त कार्यक्रममा संरक्षक दयारत्न शाक्य, संस्थापक अध्यक्ष डा बालगोपाल श्रेष्ठ, निवर्तमान अध्यक्ष सिजन श्रेष्ठ, वर्तमान अध्यक्ष संयुक्त श्रेष्ठ, संस्थापक उपाध्यक्ष कृष्ण चँखु, उपाध्यक्ष सुरेन शाक्य, अर्का उपाध्यक्ष रजनी प्रधान, सल्लाहकार लोचन मानन्धर, कोषाध्यक्ष दिपक डंगोल, केन्द्रिय सदस्य डा नरेशमान शाक्य, नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, जर्मन च्याप्टरका अध्यक्ष कुमार नापित, साहित्यिक एम्बेसेडर लोककवि राजभाइ जकःमि, नेवाः देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः अर्गनाइजेशन अफ अमेरिकका अध्यक्ष महिन्द्र प्रधान, नेवाः नखः न्यूयोर्कया सल्लाहकार विष्णुमान प्रधान, पासा पुच गथि यूकेया संस्थापक महासचिव शशिधर मानन्धर, गुगल ट्रान्स्लेट प्रोजेक्टका सदस्य विद्या दली, अर्का सदस्य द्वारिका राजभण्डारी लगायतले डब्ल्यूएनओको गतिविधिको चर्चा गर्दै सुझाव तथा शुभकामना सन्देश राख्नु भएको थियो। कार्यक्रमको संचालन डब्ल्यूएनओ डेलि ब्रोडकास्ट (डब्ल्यूडिबि )का संचालक सिल्भिया रोजापाध्याय् तथा मिडिया एम्बेसेडर विगेन तुलाधरले गर्नु भएको थियो।
डब्ल्यूएनओ विधिवत रूपमा स्थापना गर्नको लागि सन् २०१० मा वर्तमान संरक्षक दयारत्न शाक्यको संयोजकत्वमा तर्दथ समिति गठन गरेको थियो भने सन् २०११ मा लण्डनमा भएको पहिलो सम्मेलनबाट डा बालगोपाल श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै नोभेम्बर १ तारिखका दिन डब्ल्यूएनओ औपचारिक रुपमा स्थापना भएको घोषणा गरिएको थियो । त्यसै दिनको सम्झनामा डब्ल्यूएनओले आफ्नो स्थापना दिवस मनाउँदै आइरहेको छ।
अहिलेसम्म लण्डनपछि अमेरिकाको बाल्टीमोर, नेपाल र न्यूयोर्कमा सम्मेलन भइसकेका छन् भने ती सम्मेलनहरूबाट सिजन श्रेष्ठ र संयुक्त श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो। त्यस्तै सन् २०१७ मा क्यानडामा प्रादेशिक सम्मेलन भएको थियो।
सन २०१४ जनवरी २७ मा अमेरिकाको बाल्टीमोरमा दर्ता भएको डब्ल्यूएनओले हाल नेपालभाषाालाई गुगुल ट्रान्स्लेटमा समावेश गर्नका लागि गुगल ट्रान्स्लेट प्रोजेक्ट, डब्ल्यूडिबि, बालबालिकाविच हाजिरी जवाफ प्रतियोगिता लगायतका गतिविधिहरू संचालन गरिरहेको छ।
त्यस्तै डब्ल्यूएनओको आव्हानमा हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबार विश्व नेवार दिवस पनि मनाउँदै आइरहेको छ।
h 77
77
1164
15
h 269.5
269.5
1164
15
h 185.111
185.111
1158.972
h 69.611
69.611
1149.83
h 69.611
69.611
1149.83


