डब्ल्यूएनओ हाजिरी जवाफ: ल्वंचामरि र प्यारामरि फाइनलमा प्रवेश

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत सेमिफाइनल गेममा पहिलो र दोश्रो भएर ल्वंचामरि र प्यारामरि टीम फाइनलमा प्रवेश गरेका छन्।

गएको शनिबार ल्वंचामरि, प्यारामरि,  ग्वारामरि र छुचुंमरि विच भएको सेमिफाइनलमा ल्वंचामरिले ११५, प्यारामरिले ८५, ग्वारामरिले ८० र छुचुंमरिले ४० अंक ल्याएका थिए।

काठमाण्डाैं  खिचापोखरीको अनलिमिटेड टेक्नोलोजीमा भएको गेममा निर्णायकका रूपमा डा सुशील ताम्राकार र डा निलम श्रेष्ठ तथा  क्विज मास्टरको भूमिका डा नरेश शाक्यले निभाउनु भएको थियो।

गेम शुरूहुनु भन्दा अघि डब्ल्यूएनओ नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ तथा कोषाध्यक्ष  अञ्जना ताम्राकारले दोश्रो चरणका विजेता टीमहरू  ल्वंचामरि र छुचुंमरिलाई ८० अमेरिकी डलर नगद पुरस्कारबराबरको चेक प्रदान गर्नु भएको थियो।

हरेक गेममा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने घोषणाअनुसार  पहिलो चरणमा पहिलो भएका प्रत्येक टीमलाई दोश्रो चरणको खेलको अवधिमा ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको हाजिरी जवाफ प्रतियोगिताका संयोजक समन्तश्री बज्राचार्यले बताउनु भयो।


यो पनिः दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक

यो पनिः डब्ल्यूएनओले दोश्रो विश्व नेवार हाजिरी जवाफ प्रतियोगिता गर्दै, भाग लिनका लागि साउन २७ सम्म फाराम भर्न सकिने

यो पनिः विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक

यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको पहिलो गेममा ल्वंचामरि र यःमरि विजेता र उपविजेता

यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको दोश्रो गेममा छुँचुमरि र अँयठामरि विजेता र उपविजेता

यो पनिः  डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको तेश्रो गेममा लवंतिकामरि र प्यारामरि विजेता र उपविजेता

यो पनिः  डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको चौथो गेममा चतामरि र ग्वारामरि विजेता र उपविजेता


सेमिफाइनलको स्पर्धाका विजेता र उपविजेता टीमविच अन्तिम प्रतियोगिता कार्तिक २५ गते हुनेछ।

अन्तिम प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रो ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार तथा हरेक चरणमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।

tagName: –
position: –
top: –
left: –
right: –
bottom: –
display: –
fontSize: –
fontWeight: –
textAlign: –
color: –
backgroundColor: –
overflow: –
boxSizing: –
transform: –
zIndex: –
w   1121.208
h     69.611

69.611

1121.28