काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो सेमिफाइनल गेममा पहिलो र दोश्रो भएर चतामरि र अँयठामरि टीम फाइनलमा प्रवेश गरेका छन्।
गएको शनिबार लवंतिकामरि, चतामरि, यःमरि र अँयठामरि विच भएको सेमिफाइनलमा चतामरिले १२०, अँयठामरिले १००, यःमरिले ७५ र लवंतिकामरिले ७० अंक ल्याएका थिए।
काठमाण्डाैं खिचापोखरीको अनलिमिटेड टेक्नोलोजीमा भएको गेममा निर्णायकका रूपमा पत्रकार उपेश महर्जन र लुमिन ताम्राकार तथा क्विज मास्टरको भूमिका नीतु डंगोलले निभाउनु भएको थियो।
गेम शुरूहुनु भन्दा अघि डब्ल्यूएनओ नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ तथा सहकोषाध्यक्ष मंगलरत्न ताम्राकारले दोश्रो चरणका विजेता टीमहरू चतामरि र लवंतिकामरिलाई ८० अमेरिकी डलर नगद पुरस्कारबराबरको चेक प्रदान गर्नु भएको थियो।
यो पनिः दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक
यो पनिः विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको पहिलो गेममा ल्वंचामरि र यःमरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको दोश्रो गेममा छुँचुमरि र अँयठामरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको तेश्रो गेममा लवंतिकामरि र प्यारामरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको चौथो गेममा चतामरि र ग्वारामरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: ल्वंचामरि र प्यारामरि फाइनलमा प्रवेश
सेमिफाइनलको स्पर्धाका विजेता र उपविजेता टीमविच अन्तिम प्रतियोगिता कार्तिक २५ गते हुनेछ।
अन्तिम प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रो ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार तथा हरेक चरणमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।








