सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको हो । आज अहिलेसम्मकै उच्च तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार ८ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ ।

आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलाको एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको एक हजार ५ सय ४० रुपैयाँ रहेको थियो ।