काठमाण्डौ – ललितपुरको बालकुमारी क्षेत्रमा तनाव भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर परीक्षार्थीले प्रदर्शन गरेका कारण बालकुमारी क्षेत्रमा तनाव भएको हाे ।
यस क्षेत्रमा केही दिन अघिदेखि ईपीएस परीक्षार्थीले प्रदर्शन गर्दै आएका र आज शुक्रवार पनि झन्डै दुई हजारको सङ्ख्यामा रहेका उनीहरूले प्रदर्शन गरेको ललितपुर प्रहरीले जनाएको छ । प्रदर्शनकारीले एक जना मन्त्रीको गाडीमा आगजनी गरेको र गाडी कुन मन्त्रीको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।
ईपीएस अनुत्तीर्ण परीक्षार्थीले २०२४ मा हुनुपर्ने परीक्षा अहिले २०२३ मै लिनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका ललितपुर प्रहरीले जनाएको छ । प्रदर्शनका कारण अहिले सातदोबाटोदेखि बालकुमारीसम्मको सडक अस्तव्यस्त रहेको छ ।
यसै विच, मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनु भयो । हाल मन्त्री ज्वालालाई उद्धार गरी सिंहदरबार पुर्याइएको पनि उहाँले बताउनु भयो।
