नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमाडौं गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ ।
बुधबार काठमान्डू गोर्खाजले उपत्यकाकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेकाे हाे । बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गर्ने क्रममा द लोकल नामक संस्थाको समन्वयमा भएको थियो।
देशव्यापी टुर गराएर काठमाडौं ल्याइएको ट्रफी एनपीएल टिम काठमान्डु गोर्खाजले अन्तिममा काठमाडौंका विभिन्न सांस्कृतिक तथा धार्मिक सम्पदामा पुर्याएर वसन्तपुर ल्याइएको हो ।
काठमान्डु गोर्खाजका कप्तान करण केसी, गुडविल एमबासडरहरू मन्डेकाजी श्रेष्ठ, विकेश कुथु, सन्तोषी श्रेष्ठ, पुनम चन्द र सीता तामाङलगायत टुरमा सहभागी भएका थिए ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म त्रिवि क्रिकेट रंगशालामा हुँदैछ ।
