सुनसरीमा बढ्दो लागुऔषध कारोबार, एकै दिन पाँचजना पक्राउ

सुनसरी । लागुऔषध कारोबारले सुनसरी जिल्लामा विकराल रूप लिन थालेको छ । प्रहरीले आइतबारमात्रै पाँच जना कारोबारीलाई नियन्त्रणमा लिँदा ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ । धरान उपमहानगरपालिका- २० स्थित ओशो पार्कबाट प्रहरीले १ सय १६ ट्याब्लेट ट्रामाडोलसहित २ जनालाई…

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास…

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। शनिबार ललितपुरमा सम्पन्न शाखाको नवौँ अधिवेशनबाट बज्राचार्यलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो। अधिवेशनमा ललितपुर जिल्लामा सक्रिय रहेका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवगठित कार्यसमितिको उपाध्यक्षमा…

नेवाः सांस्कृतिक ज्ञानकोषको डिजिटल संस्करण सार्वजनिक

नेपालभाषाको भाषा, लिपि, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ‘नेवाः सांस्कृतिक ज्ञानकोष’ को डिजिटल (अनलाइन) संस्करण सार्वजनिक गरिएको छ। काठमाडौं महानगरपालिकाको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले डिजिटल ज्ञानकोषको औपचारिक शुभारम्भ गर्दै…

क्यानडा : जहाँ फुटबल कै चर्चा हुँदैन !

क्यानडाले विश्वकप फुटबलको इतिहासमै पहिलो पटक नकआउट चरणमा जित दर्ता गरेपछि प्रशिक्षक जेसी मार्श भावुक बने। खेल सकिएलगत्तै उनले मैदानमै आफ्ना खेलाडीलाई घेरा हालेर जोशिलो सम्बोधन गरे। ‘तपाईंहरू आज क्यानडाका नायक हुनुहुन्छ। भविष्यमा यो खेल खेल्ने क्यानडाका हजारौं बालबालिकाका लागि…

कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पुष्टि

काठमाडौँ – कागका कारण काठमाडाैं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ । विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । ‘कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन’, उनले…

वर्षा नहुँदा बाँकेमा खेत सुक्खा

नेपालगन्ज । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ । असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया…