नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। शनिबार ललितपुरमा सम्पन्न शाखाको नवौँ अधिवेशनबाट बज्राचार्यलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो।

अधिवेशनमा ललितपुर जिल्लामा सक्रिय रहेका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मीकुमारी श्रेष्ठ र बीके जल्मी (बाबु काजी महर्जन), सचिवमा पवित्र कुमार महर्जन, सहसचिवमा विनोद महर्जन तथा कोषाध्यक्षमा कल्पना महर्जन निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा हर्कबहादुर श्रेष्ठ, विक्रम खड्गी, रेगीशा महर्जन, रजत शाही, विक्रम महर्जन र रामराजा बज्राचार्य सर्वसम्मत रूपमा चयन भएका छन्।