सिंगापुर एयरलाइन्स टर्ब्युलेन्स : २० जनाको मेरुदण्डमा गम्भीर चोट

काठमाडौं– सिंगापुर एयरलाइन्सको विमानमा गम्भीर टर्ब्युलेन्स  अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जनाको मेरुदण्डमा गम्भीर चोट लागेको छ ।

बैंककको एक अस्पतालका प्रमुखले ती घाइतेको सघन उपचार कक्षमा रहेको बताएका छन्। बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।

 ‘टर्ब्युलेन्स’ का कारण त्यो विमान आकाशमा अकस्मात् निकै तल पुग्दा विमानभित्र यात्रु र सामानहरू उछिट्टिएका थिए । लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ । विमानमा सवार यात्रुहरूले विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए । 

 

सिंगापुर एयरलाइन्सको विमान एसक्यू ३२१ लन्डनबाट सिंगापुरको लागि मंगलबार गम्भीर टर्ब्युलेन्समा परेको थियो । यस घटनामा ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु  भएको थियो ।