काठमाडौँ – पचास वर्षभन्दा अघि नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचीन मूर्तिहरू नेपाल फिर्ता ल्याइएको छ । अमेरिका पुर्याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता ल्याइएको हो।
सन् १९७० मा नृत्यादेवी र बुद्धको दुवै मूर्ति चोरी भएको उल्लेख गरिएको छ।
८ औँ शताब्दीको बुद्ध मूर्ति क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिल निवासी हलिउड फिल्म निर्माता माइकल फिलिप्सले नेपाली महावाणिज्यदूत ऋषि ढकाललाई १८ दिनअघि अप्रिल १२ मा हस्तान्तरण गरेको दूतावासले जनाएको छ।
निर्माता माइकल फिलिप्सलाई मूर्ति फिर्ता गरेको भन्दै दूतावासले धन्यवाद ज्ञापन गरेको छ । त्यसैगरी मूर्ति फिर्ताको लागि पहल गरेकोमा महावाणिज्यदूत ढकाललाई पनि नेपाली दूतावासले धन्यवाद दिएको छ।

