वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते

काठमाडौं –  वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् । आज आइतवार दिउँसो छतको पर्खाल खसेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लगातारजसो परेको पानीका कारण छतको पर्खाल खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।