Blog

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो। गत वैशाख ७ गते लामिछानेका तर्फबाट…

पोखरामा प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की- देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा…

देवदास मानन्धरको योगदानको सम्झनामा लुमन्ति पौ (स्मृति ग्रन्थ) प्रकाशन हुने

भाषासेवी, नेपाल संबतका अभियन्ता, शिक्षाविद्, लिपि विशेषज्ञका साथै इन्जिनीयर देवदास मानन्धरको योगदानको सम्झनामा लुमन्ति पौ (स्मृति ग्रन्थ) प्रकाशन हुने भएको छ । दिवंगत मानन्धरका पिता लोकप्रिय धर्मसेवी, भाषासेवी, उद्योगपति, राजनीतिज्ञ लक्ष्मीदास मानन्धरका नाममा स्थापित लक्ष्मीदास मानन्धर स्मृति प्रतिष्ठानबाट यस प्रकारको…

सुन आज एकै दिन ५३ सयले बढ्यो

काठमाडौं । आज (मंगलबार) पनि सुनको मूल्मा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला पाँच हजार ३ सय रुपियाँ बढदा प्रतितोला एक लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला…

अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेकोप्रति डा. महेशमान श्रेष्ठको चिन्ता

नागरिक अगुवा डा. महेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेवाः मिसा ग्वहालि पुचः र नेवाः ग्वहालि पुचः काठमाडौं महानगर वडा नं २६ ले गरेको क्षमता विकास प्रशिक्षण कार्यक्रममा उहाँले देशप्रतिको चिन्ता व्यक्त गर्नुभएको हो…

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल…

प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सांसद्सँग प्रश्नोत्तर कार्यक्रम रहेपनि ओलीको स्वास्थ्यमा समस्या आएका कारण उनी संसदमा उपस्थित हुन नबस्ने जानकारी आएको सभामुख सचिवालयले जनाएको छ। एमाले सचेतक…

रविको निवेदनमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी

काठमाडौँ- रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा मंगलबार सुनुवाइ जारी छ। सर्वोच्च अदालतमका न्यायाधीश द्वय: नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो। यो निवेदन यसअघि ६ पटकसम्म ‘हेर्न नमिल्ने’मा परेको थियो। हिजो सोमबार पनि हेर्न नमिल्नेमा…

प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित

काठमाडौँ – प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो। बैठकमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।…

बसको ठक्करबाट घाइते मीराको निधन

मोरङमा बसको ठक्करबाट घाइते किशोरीको उपचारको क्रममा ज्यान गएको छ। मोरङको रंगेली नगरपालिका-८ दर्वेसा टोलस्थित सडकमा कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका-७ निचामारीकी १३ वर्षीया मीरा मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट…