काठमाडौं – एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै बिहान–बेलुका आवतजावत गर्ने गाडीसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो…
