फिफा वरीयतामा नेपाल यथावत्

काठमाण्डाै – फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५ औंँ स्थानमा छ ।  नयाँ वरीयताअनुसार दक्षिण…

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त

काठमाण्डाै – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल भलिबल सङ्घले विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी श्रेष्ठलाई राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो । गएको महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाएर…

अबदेखि आईसीसी प्रतियाेगितामा पुरुष र महिला टिमले समान पुरस्कार राशि पाउने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । बिहीवार दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले याे ऐतिहासिक घाेषणा गरेकाे हाे । याे निर्णयसँगै अब हुने आईसीसी प्रतियाेगितामा पुरुष र महिला टिमले समान…

१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौँ-नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि जित्न सफल भयो । फाइनल…

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा

 नेपाल एसीसी यू–१६ इस्ट जाेन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे ।  नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयाे । सिङ्गापुरका…

एसियाडका लागि चार खेलाडी छनोट

काठमाडौँ –चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले जानकारी दिनु भयो।…

साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई हरायो

 १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह…

ड्रागन बोट रेसमा नेपाल दोस्रो

काठमाडौँ – पोखरामा भएको ड्रागन बोट रेसमा नेपालले दोस्रो स्थान लिन सफल भएको छ।  शनिबार अन्तिम दिन आयोजित अन्तिम प्रतियोगिता अन्तर्गत पाँच मिटर रेसमा चीनको युनानले प्रथम स्थान हात पारेको हो भने नेपालले दोस्रो स्थान लिन सफल भएको हो।  नेपालको २ टिम…

साफ च्याम्पियनशिपमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित

साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएकाे छ । भारतकाे बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा आज बुधवार भएकाे खेलमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित भयाे । पहिलाे हाफमा २ गाेल खाएकाे नेपालले दाेस्राे हाफमा थप एक गाेल खायाे ।…

अमेरिकालाई नेपालले ६ विकेटले हरायो

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्‍यो। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गर्दै…