प्रधानमन्त्री पुुष्पकमल दाहाल नेतृत्व गठबन्धन सरकारकारले आजै मन्त्रिपरिषद विस्तार गरेको छ । जस अनुसार गठबन्धन दलहरुको बैठकले मन्त्रालयको भागबण्डा टुंगाएसँगै मन्त्रालयहरुको पनि बाँडाफाँड गरेको अनौपचारिक जानकारी बाहिर आएको छ । आठ वटा मन्त्रालय पाएका नेपाली कांग्रेसको भागमा अर्थ, पराराष्ट्र, रक्षा, भूमि व्यवस्था, स्वास्थ्य, कानुन र सहरी विकास मन्त्रालय पाउने भएको छ ।त्यसैगरी, ५ वटा मन्त्रालय पाएका नेकपा माओवादी केन्द्रले गृह, उर्जा, सञ्चार, पर्यटन र महिला तथा बालवालिका मन्त्रालयको जिम्मेवारी लिने बुुझिएको छ ।
२ मन्त्रालय पाएका एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार र वन मन्त्रालय, एक मन्त्रालय पाएका नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने छन ।जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।
