काठमाडौं- काठमाडौंमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति साढे ११ बजे जडिबुटीमा बागमती प्रदेश ०२०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ४ का ३५ वर्षका हरिशरण अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको उपचारका क्रममा मेडिकल कलेज सिनामंगलमा ज्यान गएको हो ।
यस्तै, काठमाडौंको बसुन्धारामा बा १९ च ३३०८ नम्बरको भ्यानले बागमती प्रदेश ०२ ०४१ प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सुर्खेत भेरीगंगा नगरपालिका १० का २७ वर्षका उपेन्द्र बुढाको ज्यान गएको छ । उहाँको गएराति ९ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
