सुनको भाउ सामान्य घट्यो

काठमाडौं –  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ ।

हिजो विहिबार तोलाको एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। अस्ति बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ ।  चाँदी आज तोलामा एक हजार चार सय  ४० रुपैयाँमा कारोबार भइरहेको छ ।