रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

ललितपुर – वर्षा र सहकालका देवता  रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिने परम्परा आज साझँ महस्नान गरिएको हो ।

मच्छिन्द्रनाथलाई लगंनखेलमा रहेको न्हवं डबलीमा राखेर महास्नान गरिन्छ ।  महास्नानका क्रममा मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काएर विभिन्न तीर्थका जल अर्पण गर्नाका साथै पञ्चामृत, फलफूल, घ्यू, सखर, दूध आदि चढाइन्छ।

महास्नानका दिन राति मच्छिन्द्रनाथलाई कसैले नदेख्ने गरी मन्दिर लानुपर्ने चलन छ भने महास्नान पछि ७ दिन मूर्तिलाई गुप्तबासमा राखेर आउँदो अष्टमीका दिन मर्मत संभार गरेर रंगरोगन गरिनेछ ।

यसपाली रातो मच्छिन्द्रनाथलाई २०८० बैशाख ८  गते रथारोहण गरेर  ११ गतेबाट रथयात्रा शुरु हुनेछ ।