कीर्तिपुरमा यूएईको दमदार प्रदर्शन: ओमानलाई दियो २६९ रनको कठिन लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा यूएईले ओमानसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रनको योगफल तयार पारेको छ।

यूएईका लागि आर्यान्श शर्माले उत्कृष्ट ब्याटिङ गर्दै १२५ बलमा १०५ रनको शतकीय इनिङ्स खेले। उनलाई अदीव उस्मानीको ६४ रन र हरप्रीत सिंहको ५४ रनले दह्रो साथ दिएको थियो।

ओमानका बलरहरूले शाह फैजलको तीन र सिद्धार्थ बुक्कपट्नामको दुई विकेटका बाबजुद यूएईको रन गतिलाई रोक्न सकेनन्। अब जितका लागि ओमानले २६९ रन बनाउनुपर्ने चुनौती छ।