राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले पार्टीले तोकेको समयमा स्पष्टीकरण बुझाउन अस्वीकार गरेका छन् । अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले पार्टीले दिएको समय दिउँसो ३ बजेसम्ममा स्पष्टीकरण दिनुपर्नेमा साँझसम्म पनि नदिएको रास्वपा स्रोतले जनाएको छ ।
व्यवसायी दुर्गा प्रसाईंसँगको फोन सम्वादका विषय रास्वपाको अनुशासन समितिले २४ घन्टाको समय दिएर हिजो तीन बजे श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो । अर्काेतर्फ पार्टीको अनुशासन समितिले उनीमाथि छानबिन समेत गरिरहेको छ । स्रोतका अनुसार श्रेष्ठले स्पष्टीकरण सोधिएका अनुशासन समितिका संयोजक भरत देवकोटालाई फोन गरेर आफू वकिलहरूसँग रहेको भन्दै स्पष्टीकरणको जवाफ दिन थप समय मागेका थिए । उनले आफू अन्यायमा परेको भन्दै थप समय मागेका श्रेष्ठले पार्टीको सदस्यबाट राजीनामा दिने तयारीमा छन् ।
