पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया

ललितपुर- ललितपुरको पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।  वैशाख १८ गते जन्मिएको शिशुको कम्मरभन्दामुनि १२ सय ग्रामको ट्युमर देखिएपछि वैशाख २१ गते शल्यक्रिया गरिएको न्युरोसर्जन डा. रुपेश राउतले जानकारी दिनु भयो।

‘फेटिफर्म स्याक्रोकेक्सिजियल टेराटोमा ’ नामक जटिकल प्रकारको ट्युमर देखा परेकाले जन्मिएको तीन दिनमै शल्यक्रिया गरिएको उहाँले बताउनु भयो।

ट्युमरको शल्यक्रिया न्युरोसर्जन प्रा. डा. प्रकाश विष्ट, डा. राउत, डा. दिनुज श्रेष्ठ, प्लास्टिक सर्जन डा. प्रयाश चन्द, एनेस्थेसिया लगायतको टिमले गरेको हो । डा. राउतका अनुसार पाटन अस्पतालमा न्युरोसर्जरी विभाग सुरु भएको एक वर्षमा १३५ वटा सफल शल्यक्रिया भइसकेको  छ ।