उग्रतारा मन्दिरमा चाेरी

डडेल्धुरा – सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरबाट चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको हाे ।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सार्कीले चाँदीका पूजाका सामान चोरी भएको बताउनुभयो । मन्दिरमा सीसी क्यामेरा जडान गरिएको भए पनि पूर्णरुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ । चाेरीकाे घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । अमरगढी–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ ।