काठमाडौं – प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे सुरु हुनेछ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आव २०८० ८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।
त्यसअघि नीति तथा कार्यक्रममा बोल्न बाँकी सांसदहरूले धारणा राख्नेछन्। प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।
राष्ट्रियसभाले बुधबार नै नीति कार्यक्रम बहुमतले पारित गरिसकेको छ।
