काठमाडौं – नेपाल भाषाका लघु कथाकार गोविन्द श्रेष्ठको निधन भएको छ। ७४ वर्षीय श्रेष्ठको आज विहान काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उहाँ आन्द्राको क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो।
गोविन्दमान श्रेष्ठको नामबाट पनि चिनिनु हुने गोविन्द श्रेष्ठका लघुकथाका दुई पुस्तकहरू ‘आस्थाया सिपाइँत’ र ‘समुद्र मन्थन’ प्रकाशित छन्। यी मध्ये ‘समुद्र मन्थन’को शनिबार मात्र लोकार्पण गरिएको थियो ।
श्रेष्ठ विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका पूर्व अध्यक्ष एवमं सल्लाहकार हुनुहुन्थ्यो।
उहाँको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
