नेपाल बाहिर पहिलो पटक अमेरिकामा नेपालीहरूको पहलमा नेपालीहरूका लागि स्थापना भएको वित्तीय संस्था (बैङ्क) एभरेस्ट फेडेरल क्रेडिट युनियनको दोस्रो वार्षिक सभा सम्पन्न भएको छ। एभरेस्ट फेडेरल क्रेडिट युनियनको साधारण सभा भर्जिनिया मनासस सहरमा भएको हो ।

अमेरिका स्थित नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन कुमार खरेल, एकोनोमिक काउन्सिलर होमकान्त भण्डारी, मेरिल्यान्ड डेलिगेट्स ह्यारी भण्डारी, एन आर एनका तर्फबाट रबिना थापा, डा. केशव पौडेल, विभिन्न पदाधिकारीहरू, अमेरिकामा रहेका व्यवसायी, विभिन्न क्षेत्रका अगुवाहरू गोविन्द मैनाली, डा. मदन उप्रेती, डा. भगवान कोइराला, राधेस पण्डित, रामप्रसाद खनाल, कृष्ण पन्त, डा. मिलन पौड्याल लगायतका व्यक्तित्वहरूले नेपाल बाहिर पहिलो पटक अमेरिकामा नेपालीहरूको पहलमा स्थापना भएको वित्तीय संस्था एभरेस्ट फेडेरल क्रेडिट युनियनको बारेमा प्रकाश पार्दै यसलाई अझ प्रभावकारी बनाउँदै अगाडि लैजानु पर्ने र त्यसका लागि आफूहरू साथ र सहयोगका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत विराज रिजालले एभरेस्ट फेडेरल क्रेडिट युनियनको सुरुवात देखी अहिले सम्मका गतिविधि र यसको अवस्था बारे कार्यपत्र पेस गर्नुभयो ।

एभरेस्ट फेडेरल क्रेडिट युनियनका अध्यक्ष मोहन ज्ञवालीले क्रेडिट युनियनले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै यसमा जोडिन, यसलाई अगाडि बढाउन अमेरिकामा रहेका सबै नेपालीहरू लाई आह्वान गर्नु भयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् एभरेस्ट फेडेरल क्रेडिट युनियनका संस्थापक सदस्य रामप्रसाद खनालले एभरेस्ट फेडेरल क्रेडिट युनियनको गीत प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो वार्षिक सभाका कन्भेनर राम चन्द्र खरेलले उपस्थित सबैलाई स्वागत गर्दै एभरेस्ट फेडेरल क्रेडिट युनियनको दोस्रो वार्षिक सभा कोशे ढुङ्गा साबित हुने मा आफू विश्वस्त रहेको बताउनुभयो । सचिव डिल्ली भट्टराई र सुरेश अधिकारीले सञ्चालन, परशुराम भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा साधारण सभा, नयाँ बोर्डको लागि निर्वाचन पनि सम्पन्न भएको थियो ।

त्यस्तै कलाकारहरू रामप्रसाद खनाल, यम बराल लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कविहरू कृष्ण धराबासी, सुदीप भद्र खनाल, रामप्रसाद खनाल, प्रकाश नेपाल, मञ्जु बिमली, कवीन्द्र सिटौला, कमल भुसाल, गुणराज लुइँटेल, सुनिता खत्री, पुरु सुबेदी, डा. गोपी उप्रेती, बिराज रिजाल, चन्द्र विष्ट, राम चन्द्र खरेलले कविता र गजल प्रस्तुत गर्नु भएको थियो ।

अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरूको उपस्थितिमा सम्पन्न साधारण सभामा करिब ३ मिलियन डलर डिपोजिट र सयौँ खाता खोल्ने जस्ता महत्त्वपूर्ण कामको शुरुवात पनि भएको थियो ।
