परोपकार संस्थाको बार्षिक साधारण सभा सम्पन्न

नेपालको जेठो ऐतिहासिक सामाजिक संस्था परोपकार संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार परोपकार सभाहलमा साधारण सभा सम्पन्न भएको हो।

परोपकार संस्थाका अध्यक्ष हितकरवीर सिंहले सभापतिको स्थानबाट दीप प्रज्वलन गरेर एवमं परोपकार संस्थाका जन्मदाता दयावीरसिंहको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्दा सुमन अर्पण गर्दै सभाको शुभारम्भ भएको थियो। कार्यक्रममा सस्थाका दृतिय उपाध्यक्ष गणेश बस्यालले स्वागत मन्तब्य दिनु भएको थियो।

यसैगरी सस्थाका महासचिव डा डम्बरबहादुर नेपालीले संस्थाको प्रगति विवरण एवमं सस्थाका कोषाध्यक्ष उत्तमलाल जोशीले आ.व.२०७8/79 को आर्थिक विवरण विवरण सहित आ.व.२०79/८0 को अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो।

आ.वं २०79/८0 को लागि निरौला एशोसिएट्सका ध्रुब निरौलालाई लेखापरीक्षकको रुपमा गरिएको पुनर्नियुक्तिलाई अनुमोदन गरेको थियो । यसैगरि परोपकार संस्थाका अध्यक्ष हितकरवीर सिंहद्धारा परोपकारको इतिहासको जानकारी दिदै सभा सम्पन्न भएको थियो।