न्यूजनेपाःको बारेमा जानकारी दिनका लागि जुम कार्यक्रम

न्यूजनेपाः डट कमको बारेमा जानकारी दिने उद्धेश्यले विश्वव्यापी रूपमा एक कार्यक्रमको आयोजना गरिएको छ। हिजो आइतबार नेपाली समय अनुसार बेलुकी ९ बजे जुममार्फत कार्यक्रम भएको हो।

न्यूजनेपाः डट कमका प्रवन्ध निर्देशक सिजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक विगेन तुलाधर, मुख्य सम्पादक शर्मिला श्रेष्ठ राजोपाध्याय् (सिल्भिया), वरिष्ठ  संवाददाता जयम्बु रंजित, नेपालभाषाका भाषा सम्पादक पौभा सायमि, नेपाली साहित्यका सम्पादक शुसिल ताम्राकार, नेपालभाषा साहित्यका सम्पादक केशरमान ताम्राकारले न्यूजनेपाः डट कम तथा यसको भावी योजनाका बारेमा जानकारी दिनु भएको थियो।

कार्यक्रममा अशोक पालिखे, दिपक डंगोल, मिरा ज्योति, हिसिलिना शाक्य, नरेश ताम्राकार, शुभम श्रेष्ठ, उदय श्रेष्ठ,विरेन्द्र नकर्मी, शाक्य सुरेन, डा लोचन मानन्धर, अजंना ताम्राकार, कुमार नापित, बैकुण्ठ श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ र  पुष्कर प्रजापतिले न्यूजनेपाः डट कममा बालबालिकालाई प्राथमिकतामा राखेर लेख, रचना राख्नु पर्ने, प्रचलित नेपाल लिपिको प्रयोग गर्नु पर्ने, कला संस्कृतिलाई जोड दिनु पर्ने, जिल्ला जिल्लाको समाचार गतिविधिलाई ठाँउ दिनु पर्ने, समाचार मात्र नभएर नविन विचार, सोचलाई पनि ठाँउ दिनु पर्ने, समाचार निस्पक्ष हुने पर्ने लगायतका सुझाव दिनु भएको थियो।

कार्यक्रममा संवाददाता नितु डंगोलसहित, रामलाल श्रेष्ठ, स्वस्तिका श्रेष्ठ, भुवन श्रेष्ठ, निलम श्रेष्ठ, रजनी प्रधान, किरण, नरेश शाक्य लगायतको पनि सहभागिता थियो।

जुममा नेपालसहित, अमेरिका, क्यानाडा, जर्मन, इजरायल, बेल्जियम, यूके, यूएईमा रहेका नेपालीहरूले सहभागिता जनाउनु भएको थियो।