लभ फर ल्याडंवेज एण्ड कल्चर’ प्रदर्शनी  सुरू

काठमाडौँ – बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेशी दूतावासको आयोजनामा चित्रकला प्रदर्शनी  सुरू भएको छ । ‘लभ फर ल्याडंवेज एण्ड कल्चर’ (भूमि र संस्कृतिको माया) भाव झल्काउने चित्रकला प्रदर्शनीको शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

प्रदर्शनीमा ३३ वटा चित्रकला राखिएका छन् । जसको मूल्य ३५०० रूपैयाँदेखि २ लाखसम्म पर्छ । सो कला प्रदर्शनी २७ जुन (मंगलवार) सम्म संचालन हुने दुतावासले जनाएको छ ।   
कलाका माध्यमबाट कलाकारहरूले बंगलादेश र नेपालको सांस्कृतिक समानता र विविधताका साथै रहनसहनलाई उतारेका छन् ।