अमेरिका नेपाल परम्परागत बौध्द धर्म संघको आयोजनामा अमेरिकाको मेरिल्याण्ड राज्यको वासिङ्गटन डिसी मेट्रो क्षेत्रमा पहिलो पटक विपश्यना ध्यान शिविर आयोजना गरिएको छ। संघले मेरिल्याण्डको विल्सभिलमा रहेको नेपाल एजुकेशन एण्ड कल्चर सेन्टरमा २ दिने विपश्यना ध्यान शिविर आयोजना गरेको हो।
भिक्षु तेन्जिन लामा शेर्पाद्वारा मार्गदर्शित शिविर जुलाई २२ र २३ मा भएको थियो भने उक्त शिविरमा वासिङ्गटन डिसी मेट्रो वरिपरीका १६ जना व्यक्तिहरुको सहभागिता थियो। भिक्षु लामा शेर्पाले सहभागीहरुलाई विपश्यनासहित समथा ध्यानको पनि अभ्यास गराउनु भएको थियो। शिविरको अन्तमा उहाँले सहभागीहरुले राखेका प्रश्नहरुको जवाफ दिनु भएको थियो।
आयोजकको तर्फबाट संघको महासचिव प्रबिन ताम्राकारले भिक्षु तथा सहभागी सबैलाई धन्यवाद दिनु भएको थियो। ध्यान शिविरमा सहभागीहरूको लागि दुवै दिन बिहान, दिउँसो र बेलुकीको खाना सहित बस्नको लागि सम्पूर्ण व्यवस्था संघले गरेको थियो।


