काठमाण्डौं – पानी ट्यांकरको ठक्करले क्षति पुर्याएको काठमाण्डौं महांकाल मन्दिरलाई अहिले पालले छोपेर टेको लगाएर राखिएको छ। १२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तासहित भित्तामा राखिएको मूर्तिलाई पनि क्षति पुर्याएको थियो।
त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर सोमबार बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो ।
ठक्कर दिएको पानी ट्यांकरलाई पनि त्यहि नै राखिएको छ। दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् । चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ ।






