काठमाडाैं – तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां नेपाल भाषाको म्यूजिक भिडियाे छायांकन सम्पन्न भएकाे छ । शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा तथा फोटोग्राफर राजेन्द्र डंगोलले छायांकन गरेकाे म्यूजिक भिडियाे धार्मिक, एैतिहासिक सांस्कृतिक नगरी कीर्तिपुरकाे विभिन्न रमणिय स्थानमा छांयाकन गरेिएकाे छ ।
म्यूजिक भिडियाेमा शिव शाही, मनिक शाही र इलिसा महर्जनको स्वर रहेकाे छ भने नेपालभाषाका चर्चित कलाकार अभिनय राजी किपू, राजु महर्जन, रेश्मा महर्जन , सिजन शाक्य र इलिसा महर्जनले अभिनय गर्नु भएको छ । कोरियोग्राफी स्वयम् कलाकार राजी किपू र मेकअप सनम कुमार श्रेष्ठ रहेको छ ।
अहिलेसम्म नेपाल भाषाकाे करिब १२ वटा म्यूजिक भिडियाेकाे गीत लेखेका उक्त म्यूजिक भिडियाेका रचना एवम् निर्माता तिर्थमान महर्जनले म्यूजिक भिडियाे छिट्टै नै विभिन्न च्यानल मार्फत प्रसारण हुने जानकारी दिन भयाे ।
