ललितपुर – आज ललितपुरको पाटनमा बौद्ध धर्मालम्बीले पंचदान (पंज्रा) पर्व मनाइरहेका छन् ।
हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन पाटनमा पंज्रा द्य भनिने दिपकर बुद्धको मूर्ति अगाडि राखेर बौद्ध धर्मालम्बीहरुले विभिन्न अन्न, पैसा दान दिएर पंचदान मनाउने गर्दछ । आज विहानैदेखि पाटनका विहार, महाविहारमा पंचदानपर्व मनाउनको लागि बौद्ध धर्मालम्बीको भीड लागेको छ ।
पाटनमा पंचदान मनाएको २१ दिन पछि भक्तपुर र काठमाडौंमा पंचदान मनाउने चलन छ ।
